वर्ल्डलिंकले सुरु गर्यो इन्टरनेट प्रविधिको इतिहास झल्काउने संग्रहालय
काठमाडौं । नेपालको इन्टरनेट सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो प्रविधिगत यात्रालाई समेट्ने उद्देश्यसहित ‘वर्ल्डलिंक संग्रहालय’ स्थापना गरी औपचारिक उद्घाटन गरेको छ।
ललितपुरको कुसुन्तीस्थित कम्पनीकै कार्यालय भवन परिसरमा निर्माण गरिएको उक्त संग्रहालयको उद्घाटन वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालको प्रमुख आतिथ्यता तथा सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
संग्रहालयमा कम्पनीको सुरुवाती चरणदेखि हालसम्मको प्रविधि यात्रामा प्रयोग भएका ऐतिहासिक उपकरणहरू राखिएका छन्। इमेल, डायलअप, भी-स्याट, वायरलेस, केवल इन्टरनेटदेखि हालको एफटीटीएच (फाइबर टु द होम) प्रविधिसम्मको यात्रालाई प्रतिविम्बित गर्ने यस्ता उपकरणहरू इन्टरनेट प्रविधिको स्मरणीय इतिहासका रूपमा संग्रह गरिएको छ।
वर्ल्डलिंकका प्रवक्ता किरण राज गौतमका अनुसार संग्रहालयमा तत्कालीन समयमा प्रयोगमा रहेका कम्प्युटर मोडेम, वायरलेस डिस्क तथा पुराना एफटीटीएच उपकरणहरू समेटिएका छन्। शुक्रबारका दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संग्रहालय कलेज तहका विद्यार्थीहरूका लागि अवलोकनका लागि खुला गरिने जानकारी गौतमले दिएका छन्।
वर्ल्डलिंकले आफ्नो इतिहास, योगदान र संघर्षलाई एक ठाउँमा प्रस्तुत गर्नु सामाजिक उत्तरदायित्वको हिस्सा भएको कम्पनीको भनाइ छ। कम्पनीले यो संग्रहालयलाई अध्ययन, अनुसन्धान र अवलोकनको साझा थलोका रूपमा विकास गर्ने विश्वास लिएको छ।
सूचना प्रविधिको इतिहास बुझ्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, लेखक, सञ्चारकर्मी लगायतका लागि यो संग्रहालयले ठूलो सहयोग पुर्याउने विश्वास वर्ल्डलिंकको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण