राजनीति
प्रदेश महामन्त्री खनाललाई कांग्रेसले गर्यो कारबाही
बुधबार, २५ असार २०८२, १६ : १२
सारांश
- नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीले एक वर्षका लागि सदस्यबाट निष्कासन गरेको छ।
- खनाललाई गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको थियो।
- अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनाललाई कारबाही गरेको पुष्टि गर्दै पुनरावेदन गर्न सक्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल कारबाहीमा परेका छन् । उनलाई पार्टीले एक वर्षका लागि सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनाललाई कारबाही गरेको पुष्टि गरे ।
गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप खनालमाथि छ ।
कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।
संयोजक ढुंगानाले खनालले पुनरावेदन गर्न सक्ने अवस्था रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण