संवैधानिक परिषद्सम्बन्धी विधेयकमा संशोधन
सारांश
- प्रतिनिधिसभाले संवैधानिक परिषद् सम्बन्धी विधेयक २०७९ मा राष्ट्रियसभाबाट भएको संशोधन बहुमतले पारित गर्यो।
- विधेयकमाथि छलफलपछि रक्षामन्त्रीले जवाफ दिए, र सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक पारित भयो।
- अब विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ, र प्रमाणीकरणपछि राजपत्रमा प्रकाशित हुनेछ।
काठमाडौँ । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
मंगलबार विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा सांसदहरूले भाग लिएका थिए । बुधबार सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानबहादुर राईले दिएपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो ।
अव विधेयकको संशोधन सभामुख घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् । राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि संशोधन राजपत्रमा प्रकाशित हुन्छ । त्यसपछि कानुन बन्ने कानुनी प्रावधान छ ।
विधेयकमाथिको संशोधन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ०७९ फागुन १२ गते सङ्घीय संसद् सचिवालयमा दर्ता गरेका थिए । ०८० वैशाख १५ गते दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको विधेयकमाथिको संशोधनमा समितिले सदनमा ०८१ जेठ १७ गते बुझाएको थियो ।
संशोधनलाई ०८१ चैत १८ गते प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले पारित गरेर संशोधन ०८२ जेठ ३० गते फिर्ता पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण