क्रान्तिकारीले हटायाे नवनियुक्त उपकुलपतिको ‘नेमप्लेट’
सारांश
- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको नेमप्लेट अखिल क्रान्तिकारीले हटाएको छ।
- अखिल क्रान्तिकारीले राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्त भएको भन्दै विरोध जनाएको छ।
- यसअघि मेरिटोक्रेसीको आधारमा उपकुलपति नियुक्त भएका थिए तर अहिले शिक्षामन्त्रीको सिफारिसमा अर्याल नियुक्त भएका हुन्।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालको ‘नेमप्लेट’ हटाइएको छ ।
बुधबार मात्रै नियुक्त भएर पदभार ग्रहण गरेका उपकुलपति अर्यालको नेमप्लेट हटाइएको हाे । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले ‘नेमप्लेट’ मा तोडफोड गर्दै हटाएको हो ।
अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय कार्यवाहक अध्यक्ष शिवराज भट्टले मेरिटोक्रेसीको उल्लङ्घन गर्दै राजनीतिक भागबन्डाको आधारमा आएका उपकुलपतिलाई स्वीकार गर्न नसकिने बताए।
यसअघिका उपकुलपति प्राडा केशरजंग बराललाई मेरिटोक्रेसीको आधारमा नियुक्त गरिएको थियो । त्यसका लागि खुल्ला रूपमा आवेदन आह्वान गरेको गरिएको थियो।
तर, अहिले शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वको समितिले खुल्ला रूपमा आवेदन आह्वान समेत गरेन l व्यक्तिगत सूचनाका भरमा १२ जनाले उपकुलपतिका लागि मन्त्रालयमा व्यक्तिगत विवरण पेश गरेका थिए l तिनै १२ जना मध्येबाट समितिले तीन जनाको नाम सिफारिश गरेको थियो l जसमा अर्यालसहित निमित्त उपकुलपति प्राडा खड्क केसी, प्राडा बिनिल अर्याल रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण