फिल्मका लागि सट दिँदै गर्दा थानेश्वर ढलेपछि...
काठमाडौँ । संगीकारसमेत रहेका गजल गायक थानेश्वर गौतम फिल्म सेटमै ढलेका छन् ।
फिल्म ‘जनै हराएको मान्छे’को एक गीतमा सट दिदै गर्दा उनी ढलेका हुन् । फिल्मका लागि मंगलबार राती बुढानिलकण्ठको एक ब्यांक्वेटमा ‘आधाआधी सपनाहरू भैदिएन पुरा’ बोलको गीत गाएर सट दिदै गर्दा उनी ढल्न पुगेका निर्माता बिमल न्यौपानेले बताए । 'फिल्म रहेको ‘आधाआधी सपनाहरू भैदिएन पूरा’ गीतको प्रमोसनल भिडियो उहाँलाई राखेर बनाउन छायाँकन भैरहेको थियो', निर्माता न्यौपानेले भने, 'उहाँको प्रेसर लो भएको छ । तुरून्तै सेटमा डाक्टर बोलाएर उपचार गर्दा नर्मल भयो ।' सेटमा बिहानैदेखि केही नखाएका कारण उनलाई त्यस्तो भएको हुन सक्ने निर्मातले अनुमान लगाए ।
'केही समयपछि होसमा आएपछि उहाँले फेरि छायाँकन गर्नुभयो,' न्यौपानेले थपे ।
फिल्म हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउदैछ । फिल्ममा विजय बराल, केकी अधिकारी,मिरुना मगर , गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।
हिमाल न्यौपाने निर्देशक रहेको फिल्म
पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो फिल्मका निर्माताहरू कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमल्सेना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको फिल्ममा भानुभक्त ढकालको लेखन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण