नेपाली जनप्रगतिशिल मञ्च नर्वेको नेतृत्वमा चापागाईँ
काठमाडौँ । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।नर्वेको राजधानी ओस्लोमा मंगलबार एक कार्यक्रमकाबिच अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले डिलाराम चापागाईँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमिति अन्तर्गत उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र कोषाध्यक्षमा डा.सञ्जय अर्याल चयन भएका छन् ।
यसैगरी, अधिवेशनले कार्यसमिति सदस्यहरूमा सुमन लामा, मिना पाण्डे तिमल्सिना, महेन्द्र थापा, अमरराज पन्त, सुभाष तिमल्सिना र सुरेन्द्र केसीलाई चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका पश्चिम अन्तर महादेशीय प्रदेशका संयोजक उदयराज गौतमले गैर आवासीय नेपालीहरूको मुद्दाका विषयमा सबै प्रवासी नेपालीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् नर्वेका अध्यक्ष विष्णु गौतमले नागरिकता सम्बन्धी ऐनमा संविधानले प्रदत्त गरेका हक अधिकार सुनिश्चितता हुनुपर्ने बताए ।
जनप्रगतिशिल मञ्च युरोपका पूर्व अध्यक्ष डा. कृष्ण अर्यालले देशका तमाम विकृति विसङ्गति तथा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय महासचिव, महासङ्घ युरोप शाखाका पूर्व अध्यक्ष प्रेम परियार, जनसम्पर्क समिति नर्वेका सभापति, प्रवासी नेपाली मञ्च नर्वे, नेपाली पोर्चुगिज समाज, नेपाली विद्यार्थी समाज, ओस्लोका अध्यक्ष तथा प्रतिनिधि लगायतले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण