गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भनेका छन्।
- उनले सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै विवेकपूर्ण 'दीप' आवश्यक रहेको बताए।
- प्रधानमन्त्रीले गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा लिइने गरेको उल्लेख गरे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताए ।
गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्,“हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । ”
फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्,“गुरु अन्धकारबाट प्रकाशमा पुर्याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् । सबैलाई शुभकामना”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण