‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न
सारांश
- काठमाडौंमा फिल्म 'यो मन त मेरो नेपाली हो' को प्रिमियर सम्पन्न भयो र भोलि शुक्रबारबाट देशभर प्रदर्शन हुनेछ।
- फिल्मले नेपाली भाषा, साहित्य, कला र देशभक्तिको भावनालाई प्रवर्द्धन गर्ने प्रयास गरेको छ।
- कलाकार र संचारकर्मीहरूले फिल्मको प्रशंसा गर्दै सबै नेपालीले हेर्नुपर्ने बताएका छन्।
काठमाडौँ । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित भनिएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रिमियर बुधबार साँझ काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र (भोलि) शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ हेरेपछि निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताए ।
कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्त्व झल्काउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र भएको बताए।
निर्देशक अशोक शर्माले फिल्मको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र बनेको भन्दै चलचित्रको विषयवस्तुमा प्रशंसा गरेकी थिईन् ।
संचारकर्मी सुशील नेपालले विदेशमा हुँदा नेपाली भाषा, साहित्य, कला र देशको महत्त्व थाहा हुने हुँदा चलचित्रले यो सबै कुरा देखाउन खोजेको बताए । उनले राज्यले यस्ता चलचित्रलाई कर छुट दिनुपर्ने सुझाव पनि दिए।
चलचित्रका निर्देशक मित्र प्रधान (नर)ले चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफूलाई हौसला मिलेको बताए ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । चलचित्रमा नारायण खाती,भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा,बिजिता परियार , देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण