कांग्रेसको इतर समूहले अनुशासन समितिको निर्णय नमान्ने
सारांश
- नेपाली कांग्रेसको इतर समूहले अनुशासन समितिको कारबाही निर्णयलाई अस्वीकार गरेको छ।
- समूहले पार्टी नियमावली विपरीत कारबाही भएको भन्दै सभापति देउवालाई कार्यान्वयन नगर्न आग्रह गरेको छ।
- बैठकले कारबाहीमा परेका नेताहरूलाई न्याय दिलाउने र निर्णयको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको डा शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले अनुशासन समितिले बुधबार २३ नेतालाई कारबाही गर्न गरेको निर्णय नमान्ने भएको छ ।
बिहान डा। कोइरालाको विशालनगर स्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहका नेताहरूको बैठकले अनुशासन समितिले पार्टी नियमावली विपरीत कारबाही गरेको भन्दै नमान्ने निर्णय गरेको हो । बैठकले समितिको त्यो कार्यान्वयन नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी बैठकले कारबाही विधानविपरीत र एकातर्फ भएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य गौतमले रातोपाटीलाई जानकारी दिए । ‘कारबाही बिधान विपरीत र एकातर्फी भएको हाम्रो निष्कर्ष छ,’ गौतमले भने, ‘सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने हाम्रो निर्णय छ ।’
बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निष्कर्ष पनि निकालेको नेताहरूले बताएका छन् । समितिको निर्णयको राजनीतिक रुपमा सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने पनि गौतमले बताए ।
बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूका बिच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण