देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक
बिहीबार, २६ असार २०८२, १२ : १५
काठमाडौँ। सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ ।
गायक रोशन टमट्टा र गायिका संगीता बडुवालको स्वर रहेको गीत लोकशैलीमा तयार भएको हो ।
गीतमा शब्द, संगीत गायिका बडुवालले नै तयार गरेकी हुन् । गीतको भिडियोमा दीपक संगम बिसी, मिराज विक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ ।
मिराज विक्रम सिंहको निर्देशन र नृत्य रहेको भिडियो अमित विकले छायांकन गरेका हुन् । भिडियोमा राजेश बोहराको सम्पादन रहेको छ । गीतको भिडियो गायक रोशनकै अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण