नेपाली सेनाद्वारा बडी मालिका मन्दिर पुनर्निर्माण
बिहीबार, २६ असार २०८२, १२ : ५३
सारांश
- नेपाली सेनाले बाजुराको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ।
- पुनर्निर्माण कार्य २०८१ चैत २८ गते सुरु भई असार २३ गते सम्पन्न भएको हो।
- प्राचीन स्मारक संरक्षण ऐन अनुसार पुरानो मौलिक स्वरूपमा मन्दिर पुनर्निर्माण गरियो।
काठमाडौँ । नेपाली सेनाले बाजुरास्थित बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ ।
२०८१ चैत २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन सहित) को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको सेनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण