तरुण दलले १० दिनभित्र काठमाडौँका सबै क्षेत्रमा पूर्णकालीन सदस्यताको फाराम भरिसक्ने
बिहीबार, २६ असार २०८२, १६ : ३०
सारांश
- तरुण दलले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा १० दिनभित्र सदस्यता फाराम भर्ने निर्णय गरेको छ।
- नेपाली कांग्रेसको निर्देशन समिति संयोजकको उपस्थितिमा बैठकले उक्त निर्णय गरेको हो।
- जिल्ला अध्यक्ष र क्षेत्रका सभापतिहरूको उपस्थितिमा वडा अधिवेशनको तयारी गर्ने सहमति भएको छ।
काठमाडौँ । तरुण दलले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा १० दिनभित्र सङ्गठनको पूर्णकालीन सदस्यताको फाराम भरिसक्ने भएको छ ।
नेपाली कांग्रेसको नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक सहमहामन्त्री डिना उपाध्यायको उपस्थितिमा बिहीबार भएको बैठकमा १० दिन भित्र पूर्णकालीन सदस्यताको फाराम वितरण गरिसक्ने निर्णय भएको हो ।
नेपाल तरुण दल काठमाडौँ जिल्ला अध्यक्ष अधिवेशन संयोजक कृष्णजी खड्का, १० निर्वाचन क्षेत्रका सभापतिहरू पनि उपस्थित बैठकले त्यसपछि वडा अधिवेशनको तयारी गर्ने सहमति बनेको हो ।
बैठकमा निर्देशन समितिका सदस्यद्वय कांग्रेसका केन्द्रीय सदस्यहरू सरिता प्रसाई र जितजंग बस्नेत पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण