उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा शून्य, चालु आवमा ११ हजार बढी मुद्दा फर्छ्यौट
सारांश
- उच्च अदालत पाटनले दुई वर्ष नाघेका मुद्दाहरू शून्यमा झारेको छ।
- अदालतले चालु आर्थिक वर्षमा मुद्दा दर्ता बराबरकै फर्छ्यौट गरेको छ, जसले लक्ष्य पूरा गर्ने संकेत गर्छ।
- छिटोछरितो न्याय निरूपण गर्ने उद्देश्यका साथ अदालत अघि बढेको छ, जसले मुद्दाको संख्या घटाएको छ।
काठमाडौँ । उच्च अदालत पाटनले दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेको छ । बिहीबार उच्चले गरेको पत्रकार सम्मेलनमा अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले १८ महिना नाघेका २२ वटा र एक वर्ष नाघेका मुद्दा ४३० वटा मात्रै बाँकी रहेको जानकारी दिए ।
मुख्य न्यायाधीश लालबहादुर कुँवरले १८ महिना नाघ्न नदिने गरी आधार तय गरेर मुद्दाको सुनुवाइ गरिरहेको जानकारी दिए । अदालतले चालु आर्थिक वर्षको असार २५ गतेसम्म मुद्दा दर्ता बराबरकै फर्छ्यौट गरेको छ । यस अवधिमा ११ हजार ८४५ मुद्दा दर्ता भएकोमा ११ हजार २३४ मुद्दा फर्छ्यौट भएका छन् ।
चालु आर्थिक वर्षमा अदालतले ११ हजार ३२३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य अदालतको थियो । असार मसान्तसम्म त्यो लक्ष्य पूरा हुनसक्ने पनि मुख्य न्यायाधीश कुँवरले बताए । छिटोछरितो न्याय निरूपण गर्ने उद्देश्यसाथ अघि बढेको उनले बताए ।
अदालतमा अघिल्लो आवबाट सरेर आएका समेत गरी १७ हजार ७ वटा मुद्दा रहेका थिए । मुद्दा फर्छ्यौटपछि अब ५ हजार ७७३ वटा मात्रै मुद्दा बाँकी रहेका छन् ।
चालु आवको हालसम्म उच्चले अघिल्लो आर्थिक वर्षको भन्दा एक हजार २३२ बढी मुद्दा फर्छ्यौट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण