त्रिविको बजेट : श्रम बजारलक्षित पाठ्यक्रम बनाउनेदेखि अनावश्यक खर्च कटौतीसम्म (बजेटसहित)
सारांश
- त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २८ अर्बको बजेट पारित गरेको छ।
- बजेटमा श्रम बजार उन्मुख पाठ्यक्रम निर्माण, नयाँ विषयको अध्यापन र अनुसन्धानलाई प्राथमिकता दिइएको छ।
- विश्वविद्यालयले सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकास र अनुसन्धानलाई पनि जोड दिने जनाएको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको त्रिवि सभाले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको हो । रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले बजेट प्रस्तुत गरेका हुन् ।
त्रिविले श्रम बजार उन्मुख कार्यक्रमका ढाँचामा पाठ्यक्रम निर्माण गर्नेदेखि लिएर अनावश्यक खर्च कटौतीसम्मका कार्यक्रम रहेका छन् । त्रिविले समय सापेक्ष बजारमुखी नयाँ विषयको अध्यापन तथा अनुसन्धान सुरु गर्ने तथा विद्यमान पाठ्यक्रमको परिमार्जन गर्ने नीतिलाई निरन्तरता दिने जनाएको छ । अध्ययन संस्थान तथा सङ्कायका विभिन्न विषयमा श्रम बजार उन्मुख कार्यक्रमका ढाँचामा पाठ्यक्रमको निर्माण र प्राध्यापकहरूको दक्षता अभिवृद्धि तालिमको व्यवस्था गर्ने बजेटमा प्राथमिकता दिएको हो ।
मानव संसाधन प्राप्ति र प्रविधिमैत्री जनशक्तिको विकासमा जोड दिने, त्रिविका विभिन्न निकाय तथा विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, कार्यशाला तथा सेमिनार आयोजना गर्न प्रोत्साहन गरिने नीति अनुसार आर्थिक व्यवस्था गर्नेलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै इन्क्युवेसन केन्द्रको कार्यक्षेत्रलाई विस्तार गर्दै थप प्रभावकारी बनाउने, सूचना प्रविधि प्रयोगको विस्तार गर्दै शिक्षण सिकाई, अनुसन्धान, परीक्षा व्यवस्थापन र आर्थिक तथा प्रशासनिक सुशासनमा जोड दिने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ ।
प्राविधिक, श्रम बजारमुखी र ज्ञान उत्पादन गर्ने कार्यक्रमको सुधार र विस्तार गर्ने, अनुसन्धान कार्यलाई प्रभावकारी र गुणस्तरीय बनाउने र नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा अनुसन्धान केन्द्रित गर्ने रहेको छ । त्यस्तै विश्वविद्यालय परिसरको सौन्दर्यीकरण र पूर्वाधारमा जोड दिने जनाएको छ ।
कार्य सम्पन्न हुने चरणमा रहेका विकास निर्माण कार्य सम्पन्न गर्नलाई प्राथमिकता दिने तथा पुनर्निर्माणमा जोड दिने समेत त्रिविले जनाएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण