एमालेमा ध्रुवीकरण बढेपछि योगेश भन्छन् : च्यासललाई ललकार्न बन्द गरौँ
शुक्रबार, २७ असार २०८२, १० : २९
सारांश
- एमाले सचिव योगेश भट्टराईले पार्टीभित्रको धुवीकरण रोक्न र छलफल गर्न आग्रह गरे।
- अध्यक्ष ओली र विद्यादेवी भण्डारी पक्षधरबीचको अभिव्यक्ति र टीकाटिप्पणीप्रति उनले चिन्ता व्यक्त गरे।
- भट्टराईले च्यासललाई ललकार्ने काम बन्द गरी समाधान खोज्न कार्यकर्तालाई आह्वान गरे।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेता कार्यकर्ताहरूमा बढेको धुवीकरण बन्द गर्न र आपसमा विमर्श गरेर समाधान खोज्न आग्रह गरेका छन् ।
पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर एकअर्कालक्षित अभिव्यक्ति र टीकाटिप्पणीमा उत्रेका छन् । त्यसैलाई संकेत गर्दै सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा च्यासललाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका हुन् ।
‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ’, भट्टराईले लेखेका छन्, ‘बसौँ, आपसमा विमर्श गरौँ,सहकार्यमार्फत समाधान खोजौँ,जबको मर्म पनि यही हो,राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाउँ उभिने आधार !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण