१२: २० बजे राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
सारांश
- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
- शुक्रबार सञ्चालक समितिले मौद्रिक नीति पारित गरी १२:२० बजे सार्वजनिक गर्नेछ।
- मौद्रिक नीति नेपाल टेलिभिजन र बैंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरेको छ । शुक्रबार नै सञ्चालक समिति (बोर्ड) बैठकले मौद्रिक नीति पारित गरी १२ः २० बजे आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए ।
उनका अनुसार १२ः २० बजे नेपाल टेलिभिजन र बैंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ । सञ्चालक समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पारित गरेको छ ।
अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र देशको वर्तमान आर्थिक अवस्था तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ ।
सम्भवतः राष्ट्र बैंकले पहिलो पटक आर्थिक वर्ष सुरु नभई असारको अन्तिम साता मौद्रिक नीति ल्याउन लागेको छ । मौद्रिक नीति आर्थिक वर्ष सुरु भएपछि साउनको पहिलो साता जारी गर्ने तयारी थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल गभर्नर भएपछिको पहिलो मौद्रिक नीति ल्याउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण