साफ यू–२० महिला च्याम्प्यिनसिप
साफ यू–२० महिला च्याम्प्यिनसिप फुटबल : भुटानसँग खेल्दै नेपाल
शुक्रबार, २७ असार २०८२, १२ : ३९
सारांश
- नेपाली यू-२० महिला फुटबल टोलीले शुक्रबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।
- खेल बंगलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
- साविक विजेता नेपाल सुखद सुरुवात गर्ने योजनामा छ, र यसअघि भुटानलाई ४-० ले जितेको थियो।
काठमाडौँ । नेपाली महिला यू–२० फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज (शुक्रबार) साँझ भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको बसुन्धारा किङ्स एरेनामा हुने दुई टोलीबिचको खेल नेपाली समयअनुसार साँझ ६ः ४५ बजेबाट सुरु हुनेछ ।
साविकको विजेता टोली नेपालले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल र भुटान उमेर समूहमा दोस्रोपटक भिड्न लागेका हुन् ।
पहिलो पटक नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो । अहिलेसम्म नेपालले महिलातर्फको उमेर समूहमा (यू–१६ मैत्रीपूर्णबाहेक) भुटानसँग पराजित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण