मौद्रिक नीति
कर्जा विस्तार लक्ष्य १२ प्रतिशत प्रक्षेपण
शुक्रबार, २७ असार २०८२, १३ : ०७
सारांश
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ।
- गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउने बताए।
- राष्ट्र बैंकले बजारमा पैसा पठाउन ब्याज दर घटाएको र ऋणपत्र जारी गर्ने घोषणा गरेको छ।
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा विस्तार १२ प्रतिशतको लक्ष्य लिएको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन्। राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए।
त्यस्तै, बजारमा पैसा पठाउन ब्याज दर करिडोरका दरहरू घटाएको बताएका छन् । उनले आवश्यकता अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्ने घोषणा गरेका छन्।
नियमनहरू खुकुलो बनाउँदै परियोजना कर्जाहरूमा स्वनियमनमा जाने मौद्रिक नीतिले घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई विशिष्टीकृत सेवा दिन प्रोत्साहित गरिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण