मौद्रिक नीति
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने
शुक्रबार, २७ असार २०८२, १३ : २३
सारांश
- नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न ३ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ।
- पहिलो घर किन्दा ८० प्रतिशत र अन्य अवस्थामा ७० प्रतिशतसम्म कर्जा पाइनेछ।
- आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक दर ६ प्रतिशत कायम गरिएको छ।
काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने गभर्नर डा.विश्वनाथ पौडेलले उद्घोष गरेका छन् ।
पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने गभर्नर डा.पौडेलले घोषणा गरेका छन् ।
मौद्रिक नीतिले बैंकदर ६ प्रतिशतले, निक्षेप सङ्कलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरिएको छ । गभर्नर डा.पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन्। राष्ट्र बैङ्कले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
-
१० बजे १० समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणको आदेशदेखि मौद्रिक नीतिको व्यवस्थासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण