सेयर बजार र घरजग्गाप्रति गभर्नर पौडेल थप नरम
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर बजार र घरजग्गा कारोबारलाई सहज बनाउने नीति लिएका छन्।
- उनले व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याएका छन्, जसले लगानीकर्तालाई फाइदा पुग्नेछ।
- मौद्रिक नीतिले घर कर्जा, ऋणपत्र जारी, र ब्याज दरमा परिवर्तनका साथै अन्य सुविधाहरू पनि ल्याएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका छन् । शुक्रबार गभर्नर भएपछिको पहिलो मौद्रिक नीति जारी गर्दै उनी सेयर बजार र घरजग्गा कारोबारप्रति उदार र नरम देखिएका हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीतिमा विगतका कडाइ हुँदै आएको घरजग्गा कारोबार र सेयर कारोबारलाई सहजीकरण गर्ने नीति लिएका छन् । उनले आगामी मौद्रिक नीतिमा व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड पुर्याएका छन् ।
विगतमा व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड मात्रै थियो । उक्त सीमालाई १० करोडले बढाएर २५ करोड बनाएका छन् । गभर्नर डा. पौडेलले जारी गरेको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको बताए ।
उनले यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ । सेयर लगानीकर्ताहरूले मार्जिन कर्जाको सीमा हटाउन माग गरेका थिए । उनीहरूको माग पनि सम्बोधन भएको छ ।
त्यस्तै, तीन करोड रुपैयाँसम्म घर कर्जा पाइने, मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरेका छन् ।
यस्ता छन् अन्य नयाँ व्यवस्थाहरू
१.आवश्यकता अनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने
२.१० लाख रुपैयाँसम्मको ऋणको नोक्सानी व्यवस्थापनमा लचकता अपनाइने
३.बजारमा पैसा पठाउन ब्याज दर करिडोरका दरहरू घटाइने
४.३ करोडसम्म प्रवाह भएको कर्जामा ब्याज दर आधार दरमा २ प्रतिशत मात्र हुने व्यवस्था
५.नियमनहरू खुकुलो बनाउँदै परियोजना कर्जाहरूमा स्वनियमनमा जाने
६.सटही सुविधा २५ सयबाट वृद्धि गरी अमेरिकी डलर ३,००० कायम गरिने
७. ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत
८. ब्याजदर करिडाेरको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण
९. नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिने
१०. निजी क्षेत्रको कर्जा विस्तार १२ प्रतिशत प्रक्षेपण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण