चेक अनादरका पीडितविरुद्ध जाहेरी, मुद्दा हाल्ने नै पक्राउ परेपछि...
सारांश
- सर्लाहीका व्यवसायी सिद्धिबहादुर राय क्षेत्रीलाई चेक अनादर मुद्दा विचाराधीन अवस्थामा प्रहरीले पक्राउ गर्यो।
- क्षेत्रीले सन्तोषी निर्माण सेवाका सञ्चालक केशव राज कँडेललाई दिएको ऋणको चेक बाउन्स भएपछि मुद्दा दायर गरेका थिए।
- कँडेलका छोराले दायर गरेको ठगी मुद्दामा क्षेत्री पक्राउ परे पनि प्रमाण देखाएपछि रिहा भए।
काठमाडौँ । सर्लाहीका व्यवसायी सिद्धिबहादुर राय क्षेत्रीको भरतपुरमा रहेको सन्तोषी निर्माण सेवा प्रालिमा काम विशेष जानेआउने क्रममा उक्त कम्पनीका सञ्चालक केशव राज कँडेलसँग चिनजान भयो ।
व्यापारिक चिनजान बिस्तारै घनिष्टतम् सम्बन्धमा बदलियो । सोही क्रममा कँडेलले २०७८ जेठ १६ गते क्षेत्रीसँग २६ लाख रुपैयाँ ऋण मागे । तर उनले दिएको चेक बाउन्स भएकाले लामो समयपछि क्षेत्रीले सर्लाही जिल्ला अदालतमा चेक अनादरको मुद्दा दर्ता गरे ।
'एक महिनाभित्र फिर्ता दिन्छु, मलाई २६ लाख रुपैयाँ ऋण कर्जा दिनुपर्यो भनी माग अनुरोध गरेकाले अघि पनि कारोबार समेत गरेकाले पछि एकापसमा काम लाग्ने भएको हुँदा यो रुपैयाँ बापत प्रत्याभूत मलाई के दिन्छौ भन्दा सन्तोषी निर्माण सेवा प्रालिको नाममा रहेको चेक दिए,' क्षेत्रीले सर्लाही जिल्ला अदालतमा हालेको फिरादपत्रमा भनेका छन्, 'चेक बमोजिमको रकम भुक्तानी लिन जाँदा विपक्षीले आफ्नो खातामा पर्याप्त रकम नराखी चेक बाउन्स गराइ मेरो उक्त रुपैयाँ पचाउन बदनियत लिएको देखियो ।'
उक्त घटना भएको तीन वर्षपछि २०८१ असोज १ मा क्षेत्रीले अदालतमा चेक अनादरको मुद्दा दर्ता गरेका थिए ।
तर मुद्दा विचाराधीन रहेकै अवस्थामा गत असार २३ गते सर्लाहीबाट काठमाडौँ आउने क्रममा प्रहरीले उनै पीडित क्षेत्रीलाई एकाएक पक्राउ गर्यो, आपराधिक विश्वासघातको कसुरमा ।
चेक अनादरको मुद्दा दायर गर्ने वादी आफैँ प्रहरीको नियन्त्रणमा पुगे । ‘बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रालि’ का सञ्चालक रायविरुद्ध जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट आपराधिक विश्वासघात तथा ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । चेक अनादरका प्रतिवादी केशवराजका छोरा उज्वलराजले ‘ठगी र आपराधिक विश्वासघात’ को मुद्दा दायर गरेका थिए ।
जाहेरीमा उज्वलराजले क्षेत्रीले सन्तोषी निर्माण सेवा कम्पनीको चेकमा आफूखुसी २६ लाख रुपैयाँ भरी सोबमोजिम रकम माग गरी आपराधिक विश्वासघात तथा ठगी गरेको आरोप लगाएका थिए
एक रात प्रहरी हिरासतमा बसेपछि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेस गरियो । तर क्षेत्रीले आफू नै पीडित भएको र सर्लाही जिल्लामा मुद्दा विचाराधीन रहेको बताएपछि उनलाई असार २४ गते नै छाडिएको छ । क्षेत्रीले बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रालिका नाममा सन्तोषी निर्माण सेवा प्रालि कम्पनीको चेक, फिरादपत्र, अदालतमा बुझाएको प्रतिउत्तरसमेत देखाएपछि उनलाई छाडिएको थियो ।
रिहा भएपछि क्षेत्रीले मुद्दा विचाराधीन हुँदाहुँदै शक्तिको दुरुपयोग गरी आफूलाई पक्राउ गरिएको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण