रसुवा बाढीबाट प्रभावित ९१ नेपालीलाई चिनियाँ पक्षबाट खान र बस्नको व्यवस्था
नेपाल फर्कन चाहने नेपालीलाई कूटनीतिक पहल
शुक्रबार, २७ असार २०८२, २२ : ५८
सारांश
- रसुवा बाढीबाट प्रभावित ९१ नेपाली नागरिकलाई चीनको केरुङमा सुरक्षित राखिएको छ।
- नेपाल फर्कन चाहने नागरिकका लागि कूटनीतिक पहल भइरहेको छ।
- बाढीमा हराइरहेका चिनियाँ नागरिकको खोजी र डीएनए परीक्षणका लागि पहल भइरहेको छ।
काठमाडौँ । रसुवा बाढीमा परी प्रभावित भएका ९१ जना नेपाली नागरिकलाई चीनको केरुङमा खान र बस्नको व्यवस्थासहित सुरक्षित अवस्थामा राखिएको छ । नेपाल फर्कन चाहने नेपाली नागरिकलाई वैकल्पिक मार्ग प्रयोग गरी नेपाल फर्कन गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल समेत भइरहेको छ ।
बाढीमा परी ११ जना चिनियाँ नागरिक हराइरहेको र उनीहरूलाई नेपालतर्फ नै बगाएको हुनसक्ने भएकोले उनीहरूको शव पहिचान गरी डीएनए परीक्षणका लागि चिनियाँ नागरिकको विवरण उपलब्ध गराउन समेत पहल भइरहेको छ ।
बेपत्ता भएकाहरूको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षाकर्मीहरूले भोटेकोसी र त्रिशूलीको नदीको दुवै किनारामा खोजी कार्य तीव्र रूपमा जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण