बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
टिमुरे भन्सार क्षेत्रमा विद्युतीय गाडीको बिजोक, तस्बिरहरू
रसुवा बाढी

टिमुरे भन्सार क्षेत्रमा विद्युतीय गाडीको बिजोक, तस्बिरहरू

शनिबार, २८ असार २०८२

रसुवा । रसुवा जिल्लास्थित नेपाल-चीन सीमामा रहेको लेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन् ।

rasuwa flood ev (1)

भन्सार जाँचपास गर्न बाँकी गाडीहरू भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठुलो बाढी आउँदा ती गाडी बगेका हुन्। नबगेका गाडी पनि हिलोमा डुबेका छन्।

rasuwa flood ev (2)

बाढीमा हराएका मध्ये ८ वटा ईभी गाडी फेला परेका उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । टिमुरे भन्सार क्षेत्रमा बचेका ईभी गाडी पनि बिजोग अवस्थामा छन् ।

rasuwa flood ev (3)

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।

rasuwa flood ev (4)

अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै जनधनको ठुलो क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्। 

rasuwa flood ev (5)

‘हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्‍याएको छ। यसले भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ। यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ,’ उनले भनेका छन्।

rasuwa flood ev (6)rasuwa flood ev (7)rasuwa flood ev (8)rasuwa flood ev (9)rasuwa flood ev (10)rasuwa flood ev (11)rasuwa flood ev (12)rasuwa flood ev (13)rasuwa flood ev (14)rasuwa flood ev (15)rasuwa flood ev (16)rasuwa flood ev (17)

तस्बिरहरु: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया