संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
सारांश
- नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलको उपसमितिको बैठकले संविधान संशोधनका लागि सुझाव सङ्कलन प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ।
- बैठकमा नेपालको संविधान कार्यान्वयनको अनुभव, उपलब्धि र चुनौतीहरूको समीक्षा गरिएको थियो।
- संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई तथ्य, तर्क र औचित्यका आधारमा व्यवस्थित प्रस्तावमा परिणत गरिनेछ।
काठमाडौँ । नेकपा (एमाले) को संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत संविधान पुनरवलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले गठित उपसमितिको बैठक सम्पन्न भएको छ।
उपसमितिका संयोजक अग्नि प्रसाद खरेलको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ संविधान संशोधन सम्बन्धी सुझाव सङ्कलनको प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने विषयमा विस्तृत छलफल गरेको छ।
बैठकमा नेपालको संविधान कार्यान्वयनको हालसम्मको अनुभव, प्राप्त उपलब्धि तथा व्यवहारमा देखिएका चुनौतीहरूको समग्र समीक्षा गरिएको थियो।
साथै, संविधान संशोधन आवश्यक देखिएका विषयहरूको पहिचान गर्दै राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट गहन अध्ययन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
यस्तै, राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव सङ्कलन गर्ने विधि, प्रक्रिया र कार्ययोजनाबारे पनि बैठकमा विचार–विमर्श गरिएको थियो।
बैठकले संविधान संशोधनका लागि प्राप्त हुने सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा व्यवस्थित प्रस्ताव तयार गर्ने दिशामा कार्य अघि बढाउने निष्कर्ष निकालेको सदस्य सचिव महेश बर्तौलाले जानकारी दिएका छन्।
एमालेले संविधान संशोधन सम्बन्धी सुझावलाई समावेशी, व्यवस्थित र तथ्यमा आधारित बनाउँदै संविधानलाई समयानुकूल, प्रभावकारी र जनअपेक्षाअनुकूल परिमार्जन गर्ने उद्देश्यका साथ उपसमितिको कामलाई तीव्रता दिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण