बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बकैयाबाट जुवा खेल्दै गरेका २२ जना पक्राउ

शनिबार, २८ असार २०८२, १६ : ०९
शनिबार, २८ असार २०८२

सारांश

  • मकवानपुर प्रहरीले बकैया गाउँपालिकामा जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले उनीहरूलाई शनिबार राति बकैया-५, राजदमारस्थित मिलन थिङको घरबाट पक्राउ गरेको हो।
  • पक्राउ परेका व्यक्तिहरू मकवानपुर, सिन्धुली र रौतहटका छन्, जसलाई जुवा ऐनअनुसार कारबाही गरिनेछ।

हेटौँडा । मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ राजदमारस्थित मिलन थिङको घरबाट उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा शनिवार राति १ बजे पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा मकवानपुरका १७, सिन्धुली ३ र रौतहटका २ जना गरी २२ जना छन् । 

मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया ५ राजदमारका ४६ वर्षीय मिलन थिङ (घर धनी), बकैया ४ जुरेलीका ५५ वर्षीय गेहेन्द्रबहादुर थिङ, बकैया ७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा १८ का ४५ वर्षीय कमल थापा, हेटौँडा ८ कमानेको ५३ वर्षीय फडिन्द्रप्रसाद घिमिरे, हेटौँडा १६ हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा ४ हुप्रचौका ५२ वर्षीय कृष्ण लामा, हेटौँडा ९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा ८ कमानेका ३६ वर्षीय चित्तबहादुर पाख्रिन, हेटौँडा १८ ठुलो दमारका ३५ वर्षीय अशोक श्रेष्ठ रहेका छन् ।

यस्तै मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ पाथीभाराका ४५ वर्षीय शेरबहादुर राना, ३३ वर्षीय दीपक दोङ, बागमती ५ झुरझुरेका ४६ वर्षीय रवि चौधरी, बागमती ७ का २२ वर्षीय तामाङ र ४० वर्षीय राजकुमार फुयाल, बागमती ५ का ३० वर्षीय अणराज राउत, बागमती ६ का ४३ वर्षीय उमेश माझी, रौतहट जिल्लाको बोधिमाई नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय बिजय साह कलवार, गौर ९ का ५५ वर्षीय ईश्वर चौधरी, सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर २ का ३७ वर्षीय कैलाश धामी, मरिन गाउँपालिका ३ का ४९ वर्षीय बेनीबहादुर मुक्तान र कमलामाई १० का ५५ वर्षीय शेरबहादुर थापा पक्राउ परेका छन् । 

उनीहरूलाई इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको टोलील घटनास्थलबाट तीन सेट कौडा र नगद आठ लाख ३६ हजार ४० रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनीहरूमाथि जुवा ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप