त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप
सारांश
- त्रिवि शिक्षण अस्पतालले नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ।
- स्वास्थ्यमन्त्रीले १५ शय्याको आकस्मिक कक्ष र आधुनिक एमआरआई सेवाको उद्घाटन गरे।
- अस्पतालका निर्देशकका अनुसार नयाँ सेवाले बिरामीलाई सहज हुनेछ।
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्मिक कक्ष ‘ग्रिन एरिया वार्ड’ र आधुनिक प्रविधिसहितको ‘थ्री टेस्ला एमआरआई’ सेवा उद्घाटन गरे । त्यस अवसरमा उनले शिक्षण अस्पतालको यस पहलले स्वास्थ्य क्षेत्रको प्रभावकारिताका लागि थप योगदान गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री पौडेलले भने, ‘थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ सेवा प्राप्त गर्न सहज हुनेछ । आगामी दिनमा सेवा विस्तार र अस्पतालको आधुनिकीकरण प्रयासमा मन्त्रालयको सहयोग रहनेछ ।’
अस्पतालका निर्देशक प्राडा सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको र अब बिरामीले महङ्गो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने बाध्यता नरहने बताए ।
बिरामीको सङ्ख्या अधिक हुने भए पनि आकस्मिक कक्षमा शय्या अभाव हुँदा एकै ‘बेड’मा दुई जनासम्म भर्ना गर्नुपर्ने अवस्था रहेकामा अब उक्त समस्या समाधानमा पनि योगदान पुग्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण