धनुषामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
आइतबार, २९ असार २०८२, ११ : ५३
सारांश
- धनुषाको मिथिला बिहारी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- शनिबार राति भएको दुर्घटनामा हंसपुरका ३० वर्षीय उदय राउतको मृत्यु भएको हो।
- प्रहरीका अनुसार दुर्घटनाको अनुसन्धान भइरहेको छ।
धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–४ रमौलस्थित सडकमा भएको दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरी बस्ने ३० वर्षीय उदय राउतको मृत्यु भएको हो ।
शनिबार राति रमौलबाट ललियातर्फ आउँदै गरेको मधेस प्रदेश–०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण