भानु जयन्तीः चुँदीरम्घामा भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न
सारांश
- आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्तीको अवसरमा विभिन्न प्रतियोगिताहरू आयोजना गर्यो।
- विद्यालयस्तरीय कविता प्रतियोगितामा मौसमी गैरे प्रथम भइन् भने अन्य विभिन्न विद्यार्थीहरूले पनि पुरस्कार जिते।
- खुला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगितामा महेश ठेडीमगर र सुजाता पौडेलले क्रमशः प्रथम स्थान हासिल गरे।
तनहुँ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा २१२औँ भानुजयन्तीका अवसरमा भानु नगरपालिका–४ चुँदीरम्घामा विद्यालयस्तरीय कविता, चित्रलेखन, खुला कविता र भानुभक्तीय रचनापाठ प्रतियोगिता सम्पन्न भएका छन् ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा फिस्टेल आवासीय माध्यमिक विद्यालयका मौसमी गैरे प्रथम भएकी छन् । गोगन माध्यमिक विद्यालय पोखराका सुजाता पौडेल द्वितीय, भानु संस्कृत माविका सृष्टि सुनार तृतीय तथा भानु संस्कृत माविका विनिशा श्रेष्ठ र नारायणी आवासीय विद्यालयका शिवानी अधिकारी सान्त्वना भएको समितिका सदस्य सचिव कृपाहरि लौडारीले जानकारी दिए ।
त्यस्तै, विद्यालयस्तरीय भानुभक्तको चित्रलेखन प्रतियोगितामा जनजागृति माविका स्नेहा गुरुङ प्रथम, भानु संस्कृत माविका अङ्कित बसेल द्वितीय, नारायणी आवासीय विद्यालयका रमेश राई तृतीय र अनिता तामाङ सान्त्वना पुरस्कार पाएका हुन् ।
खुला कविता प्रतियोगितामा भानु नगरपालिका–४ का महेश ठेडीमगर प्रथम, भानु नगरपालिका–१ का रश्मी सेढाईं द्वितीय, भानु नगरपालिका–४ का रामप्रसाद पौडेल तृतीय र सोही वडाका अनिता श्रेष्ठ सान्त्वना पुरस्कार पाएका छन् ।
भानुभक्तीय रचनापाठ प्रतियोगितामा गोगन मावि पोखराका सुजाता पौडेल प्रथम, व्यास नगरपालिका–३ का स्वाधीनता पौडेल द्वितीय, भानु संस्कृत माविका गरिमा नेपाली तृतीय र भानु संस्कृत माविकै प्रस्तुति आचार्यले सान्त्वना पुरस्कार पाए ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशि क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार र रु दुई हजार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण