बजेटमा ललितपुर महानगर : सहरी पूर्वाधार र सेवा प्रविधियुक्त
सारांश
- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा प्रविधियुक्त शहरी पूर्वाधार र सेवा प्रणाली बनाउने योजना बनाएको छ।
- महानगरले विपद् व्यवस्थापनका लागि पूर्व चेतावनी प्रणाली, फोहोर व्यवस्थापनका लागि एप, र घरपालुवा जनावरको अभिलेख राख्न एनिमल एप बनाउने भएको छ।
- पाटन दरबार स्क्वायर र मंगलबजारलाई 'नो भेहिकल जोन' बनाउने तथा इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गर्ने योजना बजेटमा समावेश छ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि पास भएको बजेटमा सहरी पूर्वाधार र सेवा प्रणालीलाई प्रविधियुक्त ल्याउने योजना रहेको छ ।
शुक्रबार नगर सभाबाट सर्वसम्मत पारित भएको बजेटमा सहरी पूर्वाधार र सेवालाई प्रविधियुक्त बनाउने कार्यक्रमहरू आएका हुन् । महानगर प्रमुख चिरीबाबू महर्जनले आगामी आर्थिक वर्षको बजेट मार्फत ललितपुरलाई सिलिकन भ्याली‘आइटी हब’ बनाउने योजना रहेको बताए । उनले प्रविधिको उच्चतम प्रयोग गरेर सहरी पूर्वाधार विकास गर्ने, सेवा प्रवाहमा पनि प्रविधि जोड्ने बताएका हुन् ।
विपद्को अर्लि अर्लामदेखि एनिमल एपसम्म
महानगरले पास गरेको बजेटमा सबै सडक सञ्जालको वेबमा आधारित जीआइएस डिजिटल रोड इनभेन्टरी तयार गरी सहरी सडकहरूको मर्मत योजनासँग आबद्ध गर्ने उल्लेख छ ।
यस्तै ललितपुर महानगर भित्रको घर नम्बरलाई भवन अभिलेखीकरण र राजस्व सङ्कलन प्रक्रियामा समेत जोड्ने, राजस्व सङ्कलन अनलाइन माध्यमबाट समेत हुने व्यवस्था गरिने पनि महानगरले आफ्नो कार्यक्रममा राखेको छ ।
विपद् व्यवस्थापन कार्यमा पूर्व चेतावनी (अर्ली वार्निङ) प्रणालीको व्यवस्था गरिनेछ । फोहोर मैला वर्गीकरण, सङ्कलन तथा ढुवानीको व्यवस्थाका लागि एलएमसी गाब्रेज अर्लट एप, जिपिएस प्रणालीको प्रभावकारी कार्यान्वयन गर्ने समेत बजेटमा आएको छ ।
ललितपुरले घरपालुवा पशुपन्छीहरूको अभिलेख व्यवस्थित गर्न ‘एनिमल एप’को सुरुवात गर्ने भएको छ । यस्तै ‘श्रम संसार वेबसाइट’ प्लेटफर्मको माध्यमबाट रोजगारदाता र रोजगारी आकाङ्क्षीबिच समन्वय स्थापित गर्ने साथै आन्तरिक रोजगारी प्रवर्द्धनको लागि अनलाइन सीप विकास तालिम प्लेटफर्म निर्माण गर्ने बजेट पास गरेको छ ।
पाटन दरबार र मंगलबजारमा नो भेहिकल जोन
महानगरले पास गरेको बजेटमा पाटन दरबार स्क्वायर, मंगलबजारमा पैदलयात्री तथा साइकल यात्रीहरूलाई प्राथमिकता दिइने भन्दै परीक्षणको रूपमा उक्त क्षेत्रलाई ‘नो भेहिकिल जोन’ घोषणा गरेको छ ।
यस्तै पुलचोकदेखि ग्वार्कोसम्म, जावलाखेलदेखि हरिसिद्धिसम्म,जावलाखेलदेखि बुङ्गमतीसम्म, कानदेवतास्थान–सानेपा–सान्तभवन–धोविघाट–एकान्त कुनासम्म इन्टिलेजन्ट ट्राफिक लाइट विस्तार गर्ने महानगरको योजना रहेको छ । महानगरले लगनखेलको बसर्पाकलाई सूचना र यात्रु मैत्री बनाउने पनि बजेटमा ल्याएको छ ।
टाइम कार्ड लागू गर्ने
मेयर महर्जनका अनुसार ललितपुरमा सिफारिस तथा सेवा प्रवाहमा एकरूपताका लागि छुट्टै सफ्टवेयर निर्माण गरी अन्य सम्बद्ध सफ्टवेयरसँग आबद्ध गर्ने बजेट पास भएको हो । यस्तै सेवा प्रवाहमा टाइम कार्ड को व्यवस्थापन गर्ने, महानगरपालिकाको आधिकारिक वेभसाइटलाई ओपन डेटा स्ट्यान्डर्ड लग्ने पनि महानगरको कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण