इच्छुकप्रति समर्पित गीत ‘सलाम इच्छुक’ को परिचर्चा सम्पन्न
सारांश
- पत्रकार कृष्ण सेन 'इच्छुक'को सम्झनामा समर्पित गीत 'सलाम इच्छुक'को परिचर्चा कार्यक्रम काठमाडौँमा सम्पन्न भयो।
- कार्यक्रममा वक्ताहरूले गीतले इच्छुकको व्यक्तित्व उजागर गरेको र प्रगतिशील साहित्यमा उनको योगदानलाई न्याय दिएको बताए।
- ओम शर्माले सेनको आदर्श पार्टी र आन्दोलनले बिर्सिदै गरेकोमा चिन्ता व्यक्त गर्दै गीतले व्यक्तित्व उजागर गरेको बताए।
काठमाडौँ । राज्यद्वारा हत्या गरिएका जनपक्षीय पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित गीत ‘सलाम इच्छुक’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा साहित्यकार हीरामणि दुखीको सभापतित्वमा परिचर्चा कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा वक्ताहरूले इच्छुकप्रति समर्पित ‘सलाम इच्छुक’गीतले उनको व्यक्तित्व उजागर गरेको बताएका थिए । महेश्वर दाहालको रचना, रमण थामीको स्वर र केशर कालिकोटेको सङ्गीत रहेको सेनप्रति समर्पित ‘सलाम इच्छुक’गीत केही दिन अघि सार्वजनिक भएको थियो ।
कवि सङ्गीत श्रोताले गीत उत्कृष्ट रहेको बताउँदै प्रगतिशील साहित्यमा इच्छुकको योगदानलाई गीतले न्याय प्रदान गरेको बताए । गीत निकै कर्णप्रिय रहेको बताउँदै उनले इच्छुकको आदर्शलाई गीतले जीवित तुल्याएको बताए ।
अर्का साहित्यकार डा. अमर गिरीले गीतमा सेनको आदर्श भाव अभिव्यक्त भएको बताए । साथै, उनले गीतको शब्द, सङ्गीत र अभिनय सबैको संयोजनले गीत निकै उत्कृष्ट बनेको बताउँदै गीत निर्माणमा संलग्न सबै टिमलाई धन्यवाद दिए ।
यस्तै सेनका सहकर्मी समेत रहेका रातोपाटीका संस्थापक ओम शर्माले सेनको आदर्श पार्टी र आन्दोलनले बिर्सिदै गरेकोमा चिन्ता व्यक्त गरे । उनले सलाम इच्छुक गीतमार्फत सेनको व्यक्तित्व उजागर गर्न सफल भएको बताए ।
साहित्यकार डा.जगदीशचन्द्र भण्डारीले गीतले सेनको आदर्शलाई सिर्जनात्मक तवरले प्रस्फुटन गरिएको बताए । उनले गीतमार्फत इच्छुकको बलिदानी र प्रेरणालाई जीवित राख्न सफल भएको बताए ।
गीतका रचनाकार महेश्वर दाहालले सबैको सामूहिक प्रयासबाट गीत निर्माण सम्भव भएको बताए । उनले गीत निर्माणका लागि रचनादेखि गायन र सङ्गीत संयोजनमा सबै टिमको उल्लेख्य भूमिका रहेको बताए ।
कार्यक्रममा गायक थामी, गीतका भिडियो निर्देशक मिराज विक्रम सिंहलगायत कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण