नेतालाई बित्थामा
नेतालाई बित्थामा
बनाइदिएको कान
सुन्दै नसुन्नेलाई
सुन्ने त जनताहरू हुन् ।
नेतालाई बित्थामा
गोडा जोडिदिएको
हिँड्दै नहिँड्नेलाई
कार, हवाईजहाज र
करोडौँको हेलिकोप्टर चढ्नेलाई ।
पसिना चुहाएर पुछ्दै
हिँड्ने त जनता हुन् ।
जनतालाई बित्थामा
मुख बनाइदिएको
न खान पाउँछन्
न बोल्न पाउँछन्
बोल्ने त नेताहरू हुन् ।
जनतालाई बित्थामा
हात बनाइदिएको
गर्नलाई देशमा
न काम पाउँछन्
न पैसा गनेर
गोजीमा राख्न पाउँछन्
हात चलाइरहने त नेता हुन् ।
कति कति बजेटमा
कति कति योजनाहरूमा
तलब र भत्ताहरूमा
सही गरिरहन्छन् ।
खुला मञ्च पनि
पहिलेजस्तो अब छैन भन्छन्
बिचारा पीडित जनताले
यसो आफ्नो बोली
राख्ने ठाउँ
अनि कसरी बोलुन् जनता ।
नेताहरूले त
टेलिभिजनको ‘टक सो’मा
मजाले घोक्रो फुलाउन पाउँछन्
कान बन्द गरेर
मुख मजाले चलाको चलाई
पटटट बोली रहन्छन् ।
त्यसैले त कहिलेकाहीँ यस्तो लाग्छ
नेताले कान सुनेदेखि
हिमाल, पहाड र मधेस हिँडेदेखि
अनि
जनतालाई हात र मुख चलाउन दिएदेखि
देश र जनतामा केही आशा
केही खुसी
केही विश्वास
पलाउँथ्यो कि ?
(लस एन्जेलस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण