मन्त्रिपरिषद् बैठक बस्दै
सोमबार, ३० असार २०८२, १० : ५१
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
- बैठकमा सरकारको दैनिक काम र समसामयिक विषयमा छलफल हुनेछ।
- प्रधानमन्त्रीले विवादमा तानिएका मन्त्रीबारे आन्तरिक छलफल थालेका छन्।
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाएको उनको सचिवालयका एक सदस्यले बताए ।
साँझ ६ बजेपछि बस्ने बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
यसैबिच प्रधानमन्त्री ओलीले विवादमा तानिएका मन्त्रीबारे आन्तरिक छलफल थालेका छन् । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो बाहिरिएपछि विवादमा तानिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण