जिन्दगीको गोलो घाम
जब आँखा रसाउँथे पीडाले
सुनसान थियो आकाश पनि
न कोही मलम बन्न आयो
न स्पर्श बन्न आयो पखाल्न मेरो आँसु ।
तर
जसै भाग्यले मुस्कान ल्यायो ओठमा
नचिनेका अनुहारले पनि ‘नाता’को पर्खाल ठड्याउन थाले ।
म जान्दछु
पैसा नहुँदाको शून्यता कति गहिरो हुन्छ
र त्यो शून्यतामा
कसरी आफन्तका स्वर पनि पराईझैँ लाग्छन् ।
गरेको सब नाता
एकै छिनमा अस्वीकार हुन्छ
जब तिमी गरिब रहन्छौ ।
मान्छे...
शक्तिको पुजारी हो
उक्तिले होइन लाभले चल्ने जात हो ।
जब तिमी चुली चढ्छौ
भीड लाग्छ सँगै फोटो खिच्न
तर जब तिमी फिँजन्छौ
तिम्रै छाया पनि पछाडि फर्किन मान्दैन ।
मैले देखेको छु—
मान्छे त्यो आगो छ
जो अर्काको तापमा रमाउँछ
तर बाल्न चाहँदैन आफ्नै मुटुको मसाल ।
मान्छे त्यो पानी हो
जो बहन्छ जहिले उकालोबाट तलतिर
जहाँ सहज हो, त्यतै ढल्किन्छ ।
कहिलेकाहीँ लाग्छ
नाताभन्दा बलिया त पर्खालहरू रहेछन्—
किनकि ती त भत्किए पनि
पुनः उठाउन सकिन्छ
तर एकपटक चुँडिएको विश्वासको धागो
फेरि गाँस्न सकिन्न ।
जिन्दगी
यो अद्भुत यात्रा हो
जहाँ जन्ममा रित्तै आउँछौँ
र मर्न पनि रित्तै जान्छौँ
तर त्यही बिचको दौडधुपमा
मानिसले भूल गर्छ
कि उसले धर्ती टेकिरहेछ
उडेर हैन ।
तिमी महलको छतबाट गिज्याउन सक्छौ मलाई
तर आँधी आयो भने
त्यही छत तिम्रो ढाल बन्न सक्दैन।
पृथ्वी गोलो छ
आज तिमी माथि छौ
भोलि ममाथि हुनेछु ।
यो सत्ताको झुला हो
जहाँ कोही स्थिर रहँदैन ।
त्यसैले
तिमी जो जीवनको पीडाबाट भाग्न खोज्छौ,
सुन
जीवन बेकार होइन
त्यो त आँसु र हाँसोको मिश्रित अमृत हो ।
जसले पीडा पचाउँछ,
उसले नै सफलताको स्वाद चाख्छ ।
अँध्यारो कहिल्यै अन्तिम हुँदैन
उज्यालो आउँछ
एक दिन
अवश्य आउँछ ।
त्यसैले बाँच
स्वाभिमानका साथ
सत्यका साथ
र जीवनप्रति विश्वासका साथ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण