साउथ सुडानको अध्यक्षमा रामप्रसाद पाध्या
काठमाडौँ । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ सुडानको तेस्रो अधिवेशनले रामप्रसाद पाध्याको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
विगत १० वर्षदेखि निष्क्रिय अवस्थामा रहेको एनसीसी साउथ सुडानको कार्यसमिति पुनर्गठन गर्दै २०२५–२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ईश्वर प्रसाद सिग्देल र रुक्मागत उपाध्याय, महासचिवमा बलराम दाहाल चयन भएका छन् ।
यसैगरी सचिवमा रमेश बहादुर खत्री चयन हुँदा कोषाध्यक्षमा आनन्द बाबु श्रेष्ठ र प्रवक्तामा राजदीप गुरुङ चयन भएका छन् ।
यस्तै युवा संयोजक हीरा सिंह पौडेल क्षेत्री चयन हुँदा सदस्यहरूमा प्रकाश राज भण्डारी, रामेन्द्र प्रसाद यादव, विक्रम रवि राना, बेद बहादुर चौधरी, लक्ष्मी प्रसाद ओख्रावु, तिलक रोका, मनबहादुर सार्की र कृष्णबहादुर नेपाली चयन भएका छन् ।
महाधिवेशन हालै भर्चुअल र भौतिक माध्यमबाट सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष पाध्याले पुनः एनआरएनए साउथ सुडानलाई जीवन्त बनाउन सफल भएको भन्दै सहयोगी सबैलाई आभार प्रकट गरे । नवनिर्वाचित अध्यक्ष पाध्यासँग साउथ सुडानको संस्थापक कोषाध्यक्ष, एनआरएनए कम्बोडियाको सल्लाहकार भएर काम गरिसकेको अनुभव छ ।
उनले अफ्रिकाभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समेट्ने घोषणा गर्दै त्यसमार्फत प्रवासी नेपालीको डाटाबेस निर्माण र आपसी सहकार्य सुदृढ बनाउने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण