तीज गीत ‘म भन्दा राम्रो कोहीमा’ पल र नारायणीको अभिनय
सोमबार, ३० असार २०८२, १२ : ३४
सारांश
- पशुपति शर्मा र निकी थापाको स्वर रहेको गीत 'म भन्दा राम्रो कोही' सार्वजनिक भयो।
- गीतमा साजन कुँवरको शब्द, यज्ञ सापकोटाको संगीत र एचबीएन किस्मतको संगीत संयोजन रहेको छ।
- निशान बानियाँको निर्देशनमा बनेको भिडियोमा पल शाह र नारायणी खत्रीको अभिनय रहेको छ।
काठमाडौँ । तीज गीत ‘म भन्दा राम्रो कोही’ सार्वजनिक भएको छ । गायक पशुपति शर्मा र गायिका निकी थापाको स्वर रहेको गीत गायक थापाको अफिसियल युट्युब पेजबाट सार्वजनिक भएको हो ।
गीतमा साजन कुँवरको शब्द र यज्ञ सापकोटाको संगीत छ । एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा सुमित्रा मुखिया र गायत्री मगरको सपोर्टिङ भोकल रहेको छ ।
निशान बानियाँको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पल शाह र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । दावा बल तामाङको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापा र उनको टिमले खिचेको हो।
भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् भने कलर मिलन विश्वकर्माले गरेका छन् । गलबन्दी म्युजिक प्रालिले गीतको अडियो र भिडियो निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण