फास्ट ट्र्याकको ‘जिरो प्वाइन्ट’ खोकनाबाट सार्न जनजाति आयोगको सिफारिस
सारांश
- आदिवासी जनजाति आयोगले फास्ट ट्र्याकको प्रस्थान विन्दु डुकु छापमा सार्न सिफारिस गरेको छ।
- खोकनामा जिरो प्वाइन्ट राख्दा धार्मिक, पुरातात्विक र सांस्कृतिक सम्पदामा असर पर्ने निष्कर्ष छ।
- स्थानीय नेवार समुदायको विरोध र प्राविधिक टोलीको सुझावका आधारमा डुकु छाप उपयुक्त विकल्प ठहरिएको छ।
काठमाडौँ । आदिवासी जनजाति आयोगले काठमाडौँ– तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान विन्दु (जिरो प्वाइन्ट) लाई डुकु छापमा सार्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवेदनमा यस्तो निष्कर्ष दिइको हो ।
हाल उक्त आयोजनाको प्रस्थान विन्दु खोकनामा राख्ने गरी काम अघि बढिरहेको छ । आयोगले खोकनामा जिरो प्वाइन्ट राख्दा सो क्षेत्रको धार्मिक तथा पुरातात्त्विक र सांस्कृतिक सम्पदाको अतिक्रमण हुने भएकोले यसलाई सार्नुपर्ने निष्कर्ष निकालेको आयोगका अध्यक्ष रामबहादुर थापामगर बताए ।
सो क्षेत्रमा रहेको नेवार समुदायले फास्ट ट्र्याकका कारण आफ्नो सांस्कृतिक धरोहरमा गम्भीर असर पर्ने देखिएको भन्दै खोकना क्षेत्रमा प्रस्थान विन्दु राख्न नदिन आन्दोलन गर्दै आएका थिए । उक्त क्षेत्र सांस्कृतिक महत्त्वको क्षेत्र भएको सम्बन्धमा समुदायको माग दाबीलाई नेपाल पर्यटन बोर्डको ‘खोकनाः द लिभिङ म्युजियम’ नामक बुकलेट र पुरातत्त्व विभागको २०७८ असार ३१ को पत्रले पुष्टि गर्ने समेत आयोगले जनाएको छ । यो अवस्थामा स्थानीयको माग अनुचित नरहेको निष्कर्ष निकालिएको हो ।
त्यस्तै,उक्त क्षेत्रको विकल्पको रूपमा अघि सारिएको डुकुछाप क्षेत्र प्राविधिक रूपले सम्भव रहेको भन्दै प्राविधिक टोलीले निष्कर्ष निकालेको सन्दर्भमा यही नै उपयुक्त भएको आयोगको प्रतिवेदनको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण