८ वर्षदेखि भारतको एउटा गुफामा किन बसिन् रुसी महिला ? गुफामै जन्माइन् दुई सन्तान
सारांश
- कर्नाटकको जंगलमा ८ वर्षदेखि दुई छोरीसहित एक रुसी महिला फेला परेकी छिन्।
- महिलाले आफू अध्यात्मको खोजीमा भारत आएको र ध्यान तथा पूजामा समय बिताउने गरेको बताइन्।
- प्रहरीले ती महिलालाई रुस पठाउने कानुनी प्रक्रिया अघि बढाएको छ।
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यको उत्तर कन्नड जिल्लामा रहेको गोकर्ण नजिकै रामतीर्थ नाम गरेको अनकन्टार जंगलसहितको पहाडमा एक रुसी महिला फेला परेकी छन् ।
गस्तीमा हिँडिरहेको समयमा प्रहरीले एउटा गुफामा ८ वर्षदेखि बस्दै आएको अवस्थामा रुसी महिलालाई दुई बच्चासहित फेला पारेको हो ।
उल्लेखनीय छ, ती महिलाका दुई छोरी क्रमशः ६ र ४ वर्षका छन् । एकान्तमा एक्लै यसरी बसेको अवस्थामा उनले ती छोरी कसरी जन्माइन्, ती छोरीका पिता को हुन् भन्नेबारे ती महिलाले कुनै जानकारी दिएकी छैनन् ।
४० वर्षीय रुसी महिलाले आफ्नो नाम नीना कुटिना रहेको बताएकी छन् । भारतमा आएर उनले आफ्नो नाम परिवर्तन गरेर मोही राखेको उनको भनाइ छ ।
प्रहरीलाई उनले आफू अध्यात्मको खोजीमा भारत आएको बताएकी छन् । उनले आफू पूजा र ध्यानमै समय बिताउने गरेको जिकिर गरेकी छन् ।
- कसरी फेला परिन् ती महिला ?
प्रहरीका अनुसार सो क्षेत्रमा भूस्खलन भएको थियो । सोही क्रममा प्रहरीले नियमितजसो गस्ती गर्दै आएको थियो ।
गस्तीमा रहेको प्रहरीले एउटा गुफा देख्यो । गुफाको केही भित्र कपडा देखिएपछि प्रहरीले त्यहाँ कोही मानिस रहेको आशंका भयो ।
गुफाभित्र गएपछि भगवानको एउटा फोटो देखियो, जहाँ पूजा गरिएको थियो । सोही फोटो नजिकै एक महिला र दुई बालिका बसिरहेका थिए ।
एम नारायण नाम गरेका प्रहरी अधिकारीका अनुसार ती महिला सन् २०१६ मा व्यापारिक भिसा लिएर भारत आएकी थिइन् । सन् २०१७ मा उनको भिसाको म्याद सकिएको हो । यद्यपि उनी रुस गइनन् । सन् २०१८ मा ‘एक्जिट परमिट’ पाएपछि उनी नेपाल गएकी थिइन् । त्यसपछि उनी फेरि भारतमै फर्किएर कर्नाटकको तटीय जंगलमा पुगेकी हुन् ।
त्यहीँ उनले ध्यान, पूजा, योग गरेर समय बिताउने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई रुस पठाउने कानुनी प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण