कोभिडका वेला क्वारन्टिन बनाइएको साइटलाई हङकले बनायो होस्टल
सोमबार, ३० असार २०८२, १६ : ३९
हङकङ । कोभिडको महामारीको समयमा क्वारन्टिनस्थलको रूपमा तयार पारिएको ठाउँलाई हङकङले होस्टल बनाएको छ ।
हाउजिङ संकट समाधान गर्न यस्तो कदम चालिएको भन्दै बीबीसीले समाचार छापेको छ । 'काई टाक' नाम दिइएको यो परियोजना आइतबारदेखि परीक्षण सञ्चालन गरिएको छ ।
यस परियोजनामा ४० वर्ष वा सोभन्दा कम उमेरका युवायुवतीलाई मात्रै कोठा भाडामा दिइन्छ । यहाँ २५० वटा कोटालाई प्रतिरात २ सय हङकङ डलर तिरेर बस्न सकिनेछ ।
यो हङकङको यूथ होस्टल योजनाको हिस्सा हो । यस योजनाअन्तर्गत हङकङ सरकारले सस्तो मूल्यमा युवाहरूलाई बास उपलब्ध गराउन खोजेको हो । हङकङका घर विश्वमा सबैभन्दा महँगोमध्ये पर्छ । तर यहाँका घर/कोठा निकै साना हुन्छन् ।
सार्वजनिक भाडाका फ्लाट लिन यहाँका मानिसहरूले औसतमा ५ वर्षसम्म कुर्छन् । यहाँ हाउजिङ अभाव यति चरम छ कि, एउटै अपार्टमेन्टमा दर्जनौं मानिस बस्छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण