स्वास्थ्य बीमा
स्वास्थ्य बीमाको सेवा सुविधा अब दर्ता भएको तीन महिनामा उपलब्ध हुने
सोमबार, ३० असार २०८२, १८ : ३५
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमितहरूका लागि सेवा सुविधा लागू हुने समय छोट्याउने निर्णय गरेको छ।
बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन, २०८२ अनुसार अब बीमा दर्ता भएको महिनालाई पहिलो महिना मानेर त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि स्वास्थ्य बीमा सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।
'नयाँ संशोधन अनुसार जुन महिना व्यक्तिले बीमामा दर्ता गराउँछन्, सो महिनालाई पहिलो महिना मानिने र त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि बीमाको सेवा सुविधा प्राप्त गर्न सकिनेछ,'स्वास्थ्य बीमा बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।
स्वास्थ्य बीमा बोर्डका अनुसार यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण