एमआरपी नराखी सामान बिक्री, दुई फर्मलाई कारबाही
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका २ वटा उद्योग तथा फर्ममाथि कारबाही गरेको छ ।
विभागले सोमबार गरेको नियमित बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार व्यवसाय गर्ने फर्महरूलाई जरिवाना तथा अन्य निर्देशन दिएको छ ।
विभागलेका अनुसार एमआरपी नराखी वस्तु बिक्री गरेको भेटिएपछि काठमाडौँ महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिलाई सबैभन्दा बढी २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) बमोजिमको कसुर गरेको पाइएकाले उक्त फर्मलाई जरिवानासहित ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यसैगरी, काठमाडौँ–२३ मा सञ्चालित सागर डिस्ट्रिब्युशन प्रालिलाई ऐनको दफा ३८(ट) बमोजिमको दर्ता र मूल्य सूची नराखेको कसुरमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विभागले अन्य तीन फर्महरूलाई ३ दिनभित्र व्यावसायिक कागजातहरू पेस गर्न र चार वटा फर्मलाई सामान्य निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण