सहकारी प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त, पन्छाइए सरकार र राष्ट्र बैंकका 'क्याडर'
सारांश
- मन्त्रिपरिषद् बैठकले खगराज शर्मालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ।
- यसअघि लोक सेवा आयोगले शर्मासहित तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा शर्मा पहिलो नम्बरमा थिए।
- शर्मा यसअघि राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव थिए र उनको कार्यकाल चार वर्षको हुनेछ।
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि अध्यक्ष सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको समितिले शर्मासहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । यसमा शर्माको नाम पहिलो नम्बरमा थियो भने दोस्रो नम्बरमा पूर्व सचिव अर्जुन पोखरेल र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको नाम सिफारिस गरिएको थियो ।
नवनियुक्त अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । यसअघि अध्यक्ष नियुक्ति नभएसम्मका लागि भूमि मन्त्रालयका सचिवले अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए ।
नवनियुक्त अध्यक्ष शर्मा राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव थिए । यद्यपि सरकार र राष्ट्र बैंकका क्याडरलाई पछि पारेर सहकारी पृष्ठभूमिकै व्यक्ति पाएको छ । यसले सहकारीलाई राष्ट्र बैंक वा सरकारी निकायबाट हलग पहिचान कायम राख्ने विषयमा भने थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
शर्मा एमाले निकट मानिन्छन् । एमालेको सहकारी विभागमा उनी सदस्य समेत थिए । उनको राजनीतिक पृष्ठभूमिले भने निष्पक्षतामाथि प्रष्ठ उठाउने ठाउँ बाँकी नै राखेको विश्लेषण सहकारी क्षेत्रमा हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण