सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लेदो पन्छाएपछि सञ्चालनमा आयो वीपी राजमार्ग

मङ्गलबार, ३१ असार २०८२, ०९ : ०२
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • काभ्रेको रोशी गाउँपालिकामा पहिरो र लेदोका कारण वीपी राजमार्ग अवरुद्ध भएको थियो।
  • प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त प्रयासले सडक खुलाइएको छ।
  • जेसिभी प्रयोग गरी लेदो पन्छाएपछि बिहान ८:३५ बाट यातायात पुनः सञ्चालनमा आएको हो।

काभ्रेपलान्चोक । पहिरो र लेदो पन्छाएपछि  वीपी राजमार्गको अवरोध हटेको छ । गएराति अवरुद्ध भएको सडक आज बिहान ८ः३५ बाट पुन सञ्चालनमा आएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको थियो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोला र विरुवाडाँडामा लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

स्थानीय जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा सडक खुलाइएको हो ।  जेसिभी प्रयोग गरी लेदो हटाएर दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप