मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘द फेस नेपाल भोल्युम ५’मा भिड्दै ८ प्रतियोगी

मङ्गलबार, ३१ असार २०८२, ११ : ३८
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • यु क्यान फ्लाई मोडलिङ एजेन्सीद्वारा आयोजित 'द फेस नेपाल भोल्युम ५' को फाइनलमा ८ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने भएको छ।
  • प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले मोडलहरूलाई एक्सपोजर दिन र अवसरको ढोका खोल्न शो आयोजना गरिएको बताइन्।
  • विजेताले ७ लाख रुपैयाँ बराबरको उपहार, म्युजिक भिडियो र विज्ञापनमा मोडलिङको अवसर पाउनेछन्, साथै द फेस नेपालको ब्राण्ड एम्बेसडर बन्नेछन्।

काठमाडौँ । मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फाइनलमा ८ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । यु क्यान फ्लाई मोडलिङ एजेन्सी आयोजक रहेको शोको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भान वीर सिंह कंशकार, प्राश्ना श्रेष्ठ, प्रतिष्ठा रिजाल, तृषा चेम्जोङ र जोस गरेट प्रतिस्पर्धी रहेका छन् । यी सबै प्रतिस्पर्धी विभिन्न चरण पार गर्दै फाइनलमा आएका हुन् ।

कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपालमा मोडलहरूले अझ राम्रो ‘एक्सपोजर’ नपाइरहेको अवस्थामा उनीहरूलाई ‘एक्सपोज’को प्लेटफर्म दिन शोको आयोजना गरिएको बताइन् । स्वीकृति पनि बिगत १० वर्षदेखि मोडलिङमा सक्रिय छिन् ।

‘मोडलिङमा लाग्दा एक्सपोज पाउन आफूले गरेको संघर्ष अबका व्यक्तिले गर्न नपरोस् भनेर रियालिटी शो निर्माण गरेका हौँ’, उनले भनिन्, ‘नेपालमा मोडलिङ इभेन्टहरु भए पनि मोडलले निरन्तरता दिए अनुसारको हाइप बनाउन सकेका छैनन् । त्यसकारण हामी उनीहरूलाई अवसरको ढोका खोल्न चाहन्छौँ ।’ स्वीकृतिले फाइनलिस्टहरुको फ्यान फलोइङ राम्रो भएकाले शोमार्फत उनीहरुको आन्तरिक प्रतिभालाई बाहिर ल्याउन चाहेको खुलाइन् ।

एजेन्सीका संस्थापक सम्शाद शाहले नेपालमा मोडलिङलाई धेरै राम्रो नमानेकै कारण युवाहरु विदेश गइरहेको बताउँदै शोमार्फत ती युवाहरूलाई नेपालमै काम गर्न सकिन्छ भनेर प्लेटफर्म दिन चाहेको खुलाए ।

यसपटकको शोमा १८ जना सहभागी थिए । हरेक एपिसोडमा प्रतियोगी छाँटिँदै फिनालेका लागि ८ जना पुगेका हुन् । प्रतियोगिताको फिनाले आगामी बिहीबार होटल सोल्टीमा हुँदै छ ।

प्रतियोगिताको उपाधि विजेताले द फेस नेपालको ब्राण्ड एम्बासडरसँगै ७ लाख रुपैयाँ बराबरको उपहार, म्युजिक भिडियो, विज्ञापनमा मोडलिङको अवसरलगायतको पुरस्कार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप