बागमतीका ६४ स्थानमा १२० क्यामेरा जडान
सारांश
- बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ।
- प्रविधिको प्रयोगबाट अपराध रोकथाम र सार्वजनिक सुरक्षा सुदृढ बनाउने उद्देश्य रहेको छ।
- हेटौँडामा आयोजित समारोहमा आन्तरिक मामिलामन्त्रीले प्रणालीको उद्घाटन गरे।
हेटौडा । बागमती प्रदेशका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।
सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै अपराध रोकथाममा प्रविधिको प्रभावकारी प्रयोग गर्ने उद्देश्यसहित प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
हेटौँडामा आयोजित विशेष समारोहमार्फत बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले उक्त प्रणालीको उद्घाटन गरेका हुन् ।
उक्त क्यामेराहरू ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौँडाले जनाएको छ । नारायणगढ (चितवन), भिमान (सिन्धुली) र रातमाटे (मकवानपुर) जस्ता संवेदनशील स्थानहरूमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रणमा ठोस योगदान दिने उनले विश्वास व्यक्त गरे ।
प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको छ भने विद्युत् अवरोधको अवस्थामा पनि प्रणाली बन्द हुन नदिन युपिएस प्रणाली समेत जडान गरिएको उनको भनाइ छ ।
सार्वजनिक खरिद प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेर ठेक्का प्राप्त उक्त प्रणाली खरिद गरिएको उनले बताए । २०८२ जेठ १० गते सम्झौता गरिएको उक्त ठेक्का असार मसान्तभित्र सक्ने गरी २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागत रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण