राष्ट्रियसभा सदस्य न्यौपानेलाई सामान्य प्रशासनमन्त्री बनाउने तयारी
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
- राजकुमार गुप्ताले राजीनामा दिएपछि न्यौपानेलाई नयाँ मन्त्रीको रूपमा नियुक्त गर्न लागिएको हो।
- न्यौपानेले आफूलाई मन्त्री नियुक्त गर्न लागेको अनौपचारिक जानकारी पाएको बताइन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका छन् ।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीले न्यौपानेलाई नयाँ सामान्य प्रशासनमन्त्रीको रूपमा नियुक्त गर्न लागेका हुन् ।
‘सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘चाँडै नियुक्तीको पत्र राष्ट्रपति कार्यालय पठाइँदै छ ।’
तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ । न्यौपानेले आफूलाई मन्त्री नियुक्त गर्न लागेको अनौपचारिक ढंगले सुनेपनि औपचारिक खबर आइनसकेको बताइन् ।
‘तपाईंहरुजस्तै शुभचिन्तकहरूले बधाई भनेर फोन गर्नुभएको थियो । मैले केको बधाई भन्दा मन्त्री बन्न लाग्नुभएको छ भन्ने जवाफ पाएको छु’, न्यौपानेले रातोपाटीसँग भनिन्, ‘प्रधानमन्त्रीको सचिवालयबाट पनि अनौपचारिक रूपमा बधाई आएकाले प्रधानमन्त्रीज्युले विश्वास गर्नुभएर जिम्मेवारी दिन लाग्नुभएछ भन्ने ठानेकी छु ।’
हाल राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक रहेकी न्यौपाने २०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित बनेकी थिइन् ।
उनी त्यसवेला ९ हजार ६४ मत पाएपनि कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन् । विजयी गौलीले ९ हजार ५३८ मत प्राप्त गरेका थिए । २०७६ मा भने उनी राष्ट्रियसभामा निर्वाचित भएकी थिइन्।
गण्डकी प्रदेशका प्रभावशाली नेताहरू पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबिच भेटवार्ता भएपछि न्यौपानेको नाम मन्त्रीका लागि सिफारिस गरिएको बुझिएको छ ।

गुरुङ हाल सञ्चार मन्त्री छन् । गण्डकीमा यी दुई नेताको राजनीतिक प्रतिस्पर्धा चल्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण