कर्मचारीकाे सरुवा
चार जना सहसचिवको सरुवा,गृहको प्रवक्ताबाट तिवारी हटाइए
मङ्गलबार, ३१ असार २०८२, १७ : ४७
काठमाडौँ । गृहमन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको हो भने एक सहसचिवको पदस्थापन गरेको हो । यस्तै गृहले मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई प्रवक्ताबाट हटाएको छ ।
उनलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ। अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई मन्त्रालयमा तानिएको छ। त्यस्तै गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमा तानेको छ ।
कोइरालाको स्थानमा खोटाङमा प्रमुख जिल्ला अधिकारी रहेका नुरहरी घिमिरेलाई पठाइएको छ । खोटाङमा भने मन्त्रालयमा रहेकी सहसचिव कल्पना श्रेष्ठलाई पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण