आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

युवतीको पहिचान नखुलेपछि प्रहरीले सार्वजनिक गर्‍यो गहना र कपडा

मङ्गलबार, ३१ असार २०८२, १८ : १८
मङ्गलबार, ३१ असार २०८२

विराटनगर । मोरङको बुढीगंगा–६ कोयलपुरस्थित नहरको नजिकैको झाडीभित्र भेटिएको एक युवतीको शवको पहिचान अझै हुन सकेको छैन । 

गत शनिबार युवतीको शव नग्न अवस्थामा फेला परेको थियो । अन्दाजी २० वर्ष जतिको देखिने उक्त शवको पहिचान चार दिनसम्म पनि नखुलेपछि जिल्ला प्रहरी कार्यालय मोरङले युवतीका कपडा, गहना र हातमा लगाइएको ब्यान्ड सार्वजनिक गरेको हो ।

प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनास्थलमा भेटिएको शारीरिक अवस्था र प्रमाणका आधारमा यो ‘दुर्घटना नभई हत्या नै हो’ भन्ने प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको जानकारी दिइन् ।

घटनास्थलमा मृतकको पाइन्ट, चप्पल, कपालको क्लिपजस्ता सामग्री फेला परेका छन्। शवको कम्मरभन्दा तल कपडा थिएन, जसले बलात्कारपछि हत्या भएको आशङ्का थप बलियो बनाएको छ ।

घटनास्थल बुढीगंगा औद्योगिक क्षेत्र नजिकै रहेको हुँदा मृतक कुनै उद्योगमा काम गर्ने श्रमिक हुनसक्ने अनुमान गरिएको छ। घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले सर्वसाधारणबाट जानकारी लिने काम गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप