वाणिज्य विभागद्वारा दुई कम्पनीलाई ५ लाखभन्दा बढी जरिवाना
मङ्गलबार, ३१ असार २०८२, २० : २४
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको र नियम विपरीत सञ्चालन भएका दुई फर्मलाई ५ लाख ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यस्तै अन्य ७ फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको जनाएको छ । विभागका अनुसार, सुर्तीजन्य वस्तुको प्याकेटमा उल्लेख गरिएको भन्दा कम तौल राखेको पाइएपछि बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, एमआरपी नराखी वस्तु बिक्री गर्ने ललितपुर महानगरपालिका –२ मा रहेको एसबिएल प्रोफेसनल प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
यसैगरी विभागले ललितपुर र काठमाडौँका अन्य ५ वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन र दुई वटालाई सामान्य निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण