मीनाको ह्याट्रिकमा नेपालको फराकिलो जित
सारांश
- मीना देउवाको ह्याट्रिक मद्दतले नेपालले साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकालाई ७-० ले हरायो।
- खेलमा पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरीता नाथले एक-एक गोल थपे।
- नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा २ गोल गर्दै सहज जित हासिल गर्यो।
काठमाडौं। मीना देउवाको ह्याट्रिकमा नेपालले साफ महिला यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सहज जित निकालेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो।
आजको खेलमा नेपाललाई जित दिलाइन मीनाले ह्याट्रिक पूरा गरिन्। नेपालका लागि मीनाको ह्याटि्रकसँगै पूर्णिमा राईले दुई गोल गर्दा समीक्षा मगर र सरीता नाथले एक एक गोल गरे । नेपालले पहिलो हाफमा पाँच गोल गर्दा दोस्रो हाफमा दुई गोल थप्न सफल भएको थियो ।
नेपालका लागि खेलको आठौं मिनेटमा मीनाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन । खेलको १३औं मिनेटमा समीक्षाले गोल गर्दै टिमको अग्रता दोब्बर परिन् । खेलको ४२औं मिनेटमा मीनाले थप एक गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाइन । पहिलो हाफको इन्जुरी समयमा पूर्णिमाले लगातार दोस्रो गोल गर्दै टिमलाई ५-० गोलको अग्रता दिलाइन ।
खेलको ७०औं मिनेटमा मीनाले आफ्नो ह्याट्रिक पूरा गरिन् । नेपालका लागि इन्जुरी समयमा सरीता नाथले फ्रिकिक मार्फत गोल गर्दै नेपाललाई ७-० गोलको सहज जित दिलाइन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण