कालीगण्डकी नदी
कालीगण्डकी नदीमा बेलिब्रिज जडान
बुधबार, ३२ असार २०८२, ०५ : १०
सारांश
- मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भयो।
- यो बेलिब्रिज २ वर्षमा निर्माण सम्पन्न भएको हो, जसको कुल लागत २ करोड ८७ लाख २६ हजार लाग्यो।
- यसले छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई राहत पुर्याएको छ।
मुस्ताङ। यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।
बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु ९० लाख लागत साझेदारी गरी जम्मा रु दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सब इन्जिनियर राजन कँडेलले जानकारी दिए ।
सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ—१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण